आहा! रारा गोल्डकप: नेपाल पुलिस क्लब उपाधि नजिक

पाेखरा | माघ ३०, २०८१

आहा! रारा गोल्डकप: नेपाल पुलिस क्लब उपाधि नजिक

पोखरा:     नेपाल पुलिस क्लब आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ।


पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाईजलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लव उपाधि नजिक पुगेको हो।


चर्च ब्वाइज युनाइटेडलाई बुधवार १–० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको थियो।


सन्जिव लामाले गरेको दर्शनीय गोल पुलिसलाई जारी प्रतियोगिता तेस्रो जित निकाल्न पर्याप्त रह्यो। ५८ औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट सन्जिवको प्रहारलाई चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापाले ठम्याउन सकेनन् ।


पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोली मध्ये एक हो । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६ पटक पोखरा उपाधि जितेको छ। पुलिस पछि मनाङ सर्वाधिक १० पटक फाइनल खेल्ने टोली हो।


पुलिसले थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिचको विजेतसँग शनिवार फाइनल खेल्नेछ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्